लेटाङ बचत तथा ऋण सहकारी लि.

श्री कृष्ण प्रसाद निरौला

अध्यक्ष

सहकारी मुल्य, मान्यता, सिद्घान्त अनुसार सञ्चालन हुन सके समुदायमा अग्रगामी परिवर्तन गरि सम्वृद्घि गर्न सजिलो र छिटो बाटो हो भन्ने प्रष्ट भएको छ । विकास उन्मुख गाउँ शहरमा विकासको गति ढिलो भई जनताले बाटो निर्माणमा प्रति फुट रु. १,०००।–, बिजुली, खानेपानीमा मेनलाइन देखि जनता कै लगानीमा आ–आफ्नो घर सम्म सम्पूर्ण लागत बेहोर्दै सरकारी कर्मचारीलाई महंगो पारिश्रमिक दिदै काममा लगाउनु पर्ने र मासिक शूल्क तिर्नु पर्ने, सरकारी सेवा दिने निकाय, स्थानिय निकाय, स्वास्थ केन्द्र, सुरक्षा निकाय, स्थानिय निकाय, विद्यालय जस्ता भौतिक संरचना निर्माणमा प्रत्यक्ष आर्थिक सहयोग पु¥याउनु पर्ने वातावरण भएको, गाउँ वस्तीमा स्वत स्फुर्त रुपमा सम्पूर्ण सदस्यको आर्थिक परिचालन भएको सरकारले नियमन मात्र गर्दा पुग्ने सामुहिक हित गर्ने व्यवसाय अन्तराष्ट्रिय मापदण्डको लेखा प्रणाली पल्र्स अनुगमनको आधारमा व्यवस्थापन संचालन भएको सेयरको मुल्य बृद्धि नहुने कारोवारबाट बचतको २५५ जगेडा कोषमा राखी बाँकीबाट डुवन्त ऋण कोष, कर्मचारी वोनस कोष, संरक्षित पूँजी फिर्ता कोष (कारोवारको आधारमा) र शेयर लाभांस कोषमा बाँडफाड गरेको ऐन र बचतको आधारमा मात्र ऋण कारोवार गर्न पाइने विनियम भएका सहकारीमा राज्यले कुल बचत (नाफा) मा २०५ आयकर, शेयर लाभांस फिर्तामा १५५ ,व्याजमा ५५ कर लगाउनु, उक्त कर भुक्क्तान गर्न कर कार्यालय पुग्न कैयौं दिन लाग्ने ठाँउमा नियम अनुसार मासिक भुक्क्तान गर्न नसके महँगो जरिवाना लाग्ने जस्ता कारणले नीति निर्माता सहकारी प्रती सकारात्मक सोच नभएका सहकारी मुल्य मान्यता र सिद्धान्त विपरित निर्णयबाट सहकारी अन्त्य गर्ने अभियानमा लागेको देखिन्छ । यसका बावजुत पनि यस साकोसले संस्थागत विकास, सञ्चालन र कर्मचारीहरुको क्षमता विकास गर्दै सदस्यको आर्थिक समृिद्घको लागी बचतमा उत्कृष्ट व्याज र ऋणमा सरल व्याजमा लगानी गर्दै आएको छ । यसबाट आफ्ना व्यवसायबाट लाभ प्राप्त गरी घर–घडेरी, आफ्ना सन्ततीलाई उच्च शिक्षा, प्राविधिक शिक्षा प्राप्त गरी रहेका छन् । आगामी दिनमा संस्थालाई अझ समुदायमा आधरित बनाउदै व्यवसाय स्थापना प्रवद्र्घन गर्न र गुणस्तरिय उत्पादन र पोषण युक्त भोजन गराई स्वास्थमा सुधार ल्याउन प्रयत्न गर्ने छौ । अन्त्यमा आज सम्म पु¥याउनु भएको सहयोगको उच्च सम्मान गर्दै आगामी दिनमा वेभसाइट मार्फत पनि यहाँहरुको सहयोग र सुझावको कामना गर्दछु ।

लेटाङ बचत तथा ऋण सहकारी लि.

Give us Feedback and our team will get in touch with you ASAP.

Feedback