नेपालमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछि निरङकुश पंचायती ब्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको उदय सँगसँगै देशमा मौलिकहकहरुको सुनिश्चतता २०४७ सालमा बनेको संविधानमा स्थापित भएको पाईन्छ । सोही अनुरुप जनताले आफ्नो आर्थिक उपाजनको लागि सरकारलाई सहकारीको अवधारणा अगाडी बढाएको ऐतिहासिक तंथ्यहरु छन् । सोहीअनुरुप २०४९ सालमा सहकारी ऐन जारी भयो, जसमा टेकेर नेपाल सरकारले राष्ट्रिय सहकारी बोर्ड गठन गर्यो, जसका आधारमा २०५१ सालको आर्थिक नीति तथा कार्यक्रममा अर्थ मन्त्री द्रारा प्रस्तुत भएको बजेटमा सहकारीलाई राष्ट्रको तीनखम्बे अर्थ नीति भनि प्रस्तुत गरिएको छ । र यही समयलाई आधार बनाई देशमा एकदम तीब्र गतिमा सहकारी संघ, संस्था तथा बिभागहरु शुरुवात भएको देखिन्छ । यसरी देशका बिभिन्न भागमा सहकारी संस्थाहरु शुरु गरी नीतिनिर्माणहरु तयार पारी संस्था संचालन भईरहेको अवस्थामा हाल देश भरिका चलायमान धेरै अब्बल श्रेणीका सहकारी संस्थाहरु मध्ये एक उत्कृष्ट संस्था लेटाङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेड ( लेटाङ्ग साकोस ) हो । लेटाङ्ग साकोसले नेपाल सरकारको २०७४ को सहकारी ऐन बमोजिम आफ्ना विनियम संस्थाका आन्तरिक नीतिहरु र शेयर सदश्यहरुको सल्लाह सुझावको आधारमा रही परिवर्तन गर्दै आईरहेको छ । संस्थालाई अझ बलियो बनाउन शेयर सदश्यहरु नै खम्बाको रुपमा मान्नुपर्दछ र संस्थाको संचालक, कर्मचारीहरु र जनप्रतिनीधिहरु पनि सक्षम रहनु पर्छ , यसले संस्थालाई मात्र नभएर समाज, स्थानीयतह हुदै समग्र राष्ट्रलाईनै आर्थिक रुपले सक्षम बनाउन लेटाङ्ग साकोसले उल्लेखनीय भूमिका खेलिरहेको सर्वविधित नै छ । अन्त्यमा यस संस्थाका संचालक, शेयर सदश्यहरु, कर्मचारीहरु, स्थानीय नगरपालिका तथा सहकारी बिभागप्रति सल्लाह सुझावको लागी अपेक्षा राख्दै कमि कमजोरीलाई सच्चाईदिएर नमुना सहकारी को रुपमा लेटाङ्ग साकोसलाई लान सकु भन्ने अपेक्षा राखेको छु र सबै प्रति कृतज्ञता प्रकट गरेको छु ।
Development